राजेन्द्र लिङ्देनले राप्रपाका दुई नेतालाई जिम्मेवारीबाट हटाए
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दुई जना नेताहरूलाई जिम्मेवारीबाट हटाएका छन्।
अध्यक्ष लिङ्देनले उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई जिम्मेवारीबाट हटाएका हुन्।
उनीहरू दुवै जनालाई पार्टीको साधारण सदस्य मात्र रहने गरी अन्य जिम्मेवारीबाट हटाइएको हो।
उनीहरू दुवै जनामाथि चुनावमा पार्टीलाई असहयोग गरेको आरोप छ।
सामाजिक सञ्जालमा उनीहरूले पार्टीलाई अहित हुने गरी लेख्ने गरेको समेत राप्रपाका एक नेताले बताए।
दुवै नेतालाई अध्यक्ष लिङ्देनले मनोनित गरेका थिए।
















