एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक
थानकोट ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।
उनका बुवा मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो ।
केही दिनयता अस्वस्थ मोहन प्रसादको आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।
उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ ।
साथै, आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ। स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।















