प्रतिनिधि सभा चुनावमा प्रत्यक्षतर्फ ५ प्रतिशत मत बदर
थानकोट ।
प्रतिनिधि सभा सदस्यकाे २१ फागुनमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत मत बदर भएको छ ।
बिहीबार निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत मत बदर भएको हाे ।
कुल एक करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका थिए ।
त्यसमध्ये एक करोड ५ लाख ५९ हजार १७ (९४.५५%) मत सदर भएको छ ।
त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड १२ लाख ८० हजार ६१७ जनाले मतदान गरेकामा एक करोड ८ लाख ३५ हजार २५ (९६.०५%) मत सदर भएको आयाेगले जनाएकाे छ ।















