सुनको मूल्य घट्यो
थानकोट ।
नेपाली बजारमा शुक्रबार (फागुन २९) सुनको मूल्य घटेको छ ।
सुनको मूल्य तोलामा दुई हजार ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख १४ हजार २ सय रुपैयाँ कायम छ ।
अघिल्लो दिन (फागुन २८) छापावाल सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ ।
चाँदी प्रतितोला पाँच हजार ४ सय ९५ रुपैयाँ खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला पाँच हजार ५ सय १५ रुपैयाँ कारोबार भएको थियो ।















