महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

Thankot Times

थानकोट ।

म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनको चुनावी खर्च २८ लाख रुपैयाँभन्दा बढी भएको छ ।

बिहीबार (फागुन २८) निर्वाचन आयोग पेस गरिएको विवरणमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख छ ।

मनोनयन दर्ता शुल्क १० हजार, मतदाता नामावली खरिदमा तीन हजार, नमुना मतपत्र सामग्री छपाइका निम्ति दुई लाख ९० हजार ५९५, प्रचारप्रसारका क्रममा यातायात तथा इन्धनका निम्ति ६ लाख ६० हजार  ९९८ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

यस्तै, चालक ज्याला एक लाख ४० हजार, होटेलमा बास र खानामा १३ लाख सात हजार ६१९, डिजेल खर्च तीन लाख ६० हजार ४९९, स्टेसनरीमा २५ हजार ३०० र विविधमा ७० हजार ८७७ रुपैयाँ खर्च भएको जनाइएको छ ।

आयोगले उमेदवारहरूले गरेको निर्वाचन खर्च पारदर्शी बनाउन विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ