रास्वपाद्वारा सचिवालय बैठक आह्वान

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा निर्वाचनपछि पहिलो पटक पार्टी सचिवालयको बैठक बोलाएको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार सचिवालय बैठक शनिबार बस्ने तय गरिएको छ। यद्यपि पार्टी सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था पूर्ण रूपमा सुधार नभएकाले बैठकको समय र स्थान भने तय हुन बाँकी रहेको बताइएको छ।

बैठकको मुख्य एजेन्डा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा पठाइने सांसदहरूको नाम टुंग्याउने रहेको प्रवक्ता झाले जानकारी दिए। सचिवालयले तयार पार्ने नामावलीलाई अन्तिम निर्णयका लागि पार्टी केन्द्रीय समितिमा सिफारिस गरिने बताइएको छ।

प्रतिनिधिसभा निर्वाचनपछि समानुपातिक प्रणालीमार्फत संसदमा पठाइने प्रतिनिधिको छनोट प्रक्रिया अघि बढाउने उद्देश्यले उक्त बैठक आह्वान गरिएको पार्टी स्रोतले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *