मनकामना मन्दिर दर्शन गरेर फर्किएका तिर्थालु सवार माइक्रो बस दुर्घटना, ७ जनाको मृत्यु

Thankot Times

थानकोट ।

गोरखामा भएको माइक्रो बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ ।

मनकामना दर्शन गरेर फर्किँदै गरेको बागमती प्रदेश–००६ ख ८४३० नम्बरको ईभी माइक्रो बस मनकामना–रामशाहाघाट सडकको शहिद लखन गाउँपालिका वडा–३ स्थित कन्टारमा शनिबार साँझ दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । यस्तै अन्य ७ जना घाइते भएका छन् । घाइतेलाई आँबुखैरेनी अस्पताल पठाइएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *