रास्वपाको सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवार चयन गरिने

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्ने भएको छ ।

यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि आजको लागि सारिएको थियो ।

बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने बताइएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस र वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे बैठकमा छलफल हुने भएको छ।

समानुपातिकतर्फ प्राप्त मतको आधारमा पार्टीले ५७ सिट पाउने छ । प्रत्यक्षतर्फ १८२ सिट जितेकोले प्रतिनिधि सभामा रास्वपाका १८२ सांसद रहने भएका छन् ।

निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद्को सूची बुझाउन आजसम्मको समय दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *