‘काम धेरै बाँकी छन्, सरकार गठन हुन अझै १० दिन लाग्छ’- रास्वपा

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन हुन अझै १० दिन लाग्ने भएको छ ।

सचिवालय बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता मनिष झाले सरकार गठनअघिका केही प्रक्रिया अझै बाँकी रहेको हुँदा १० दिन समय लाग्न सक्ने जानकारी दिए ।

उनले निर्वाचन आयोगले सांसदको अन्तिम नामावली राष्ट्रपतिसमक्ष बुझाउने प्रक्रिया बाँकी नै रहेको हुँदा समय लम्बिनसक्ने बताए हुन् ।

त्यस्तै संसद सचिवालयलगायत केही संवैधानिक र व्यवहारिक काम बाँकी रहेको हुँदा ती सबै काम सम्पन्न गर्न कम्तिमा १० दिने लाग्नेसक्ने आफ्नो अनुमान रहेको जानकारी दिए ।

झाले अब केहीबेरमा पार्टीका तर्फबाट को–को समानुपातिक सांसद बन्नेछन् भन्ने कुरा टुङ्ग्याइने बताए । हिजो राखिएको बैठक सभापति रवि लामिछानेको अस्वस्थताका कारण आज बिहान सारिएको थियो । निर्धारित समयभन्दा निकै ढिला गरी बस्न लागेको बैठकको सुरुवातमै सञ्चारकर्मीलाई बैठकबारे प्रवक्ता झाले जानकारी दिएका हुन् ।

उनले यसअघि निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको बन्दसूचीबाट संविधानले यकिन गरेको क्लस्टर (क्षेत्रगत प्रतिनिधित्व) बाटै पार्टीले नाम पठाउने तयारी गरिएको र त्यसको जानकारी केहीबेरमा दिइने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *