रास्वपाले समानुपातिकका ५७ सांसदको नाम टुंग्यायो, कुन क्लस्टरबाट कति ?

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ ।

भर्खरै बसेको सचिवालय बैठकले ४८ जना महिला र ९ पुरुष गरी ५७ जनाको नाम आयोगमा पठाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

आयोगमा पठाइएको नाम प्रस्तावित मात्र भएको भन्दै उनले उक्त नाम आयोगबाट रुजु नभएसम्म सार्वजनिक नगर्ने बताए ।

‘तोकिएको समयभित्र ५७ जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय भएको छ । रुजुपछि आयोगले नै सार्वजनिक गर्नेछ । आयोगले नाम रुजु नगरेसम्म प्रस्तावित मात्र मान्न सकिने भएकाले अहिले सार्वजनिक हुँदैन’, झाले भने ।

झाले क्लस्टस्टर अनुसार खस आर्यतर्फ १७, जनजातिबाट १६, दलित ८, मुस्लिम ३, मधेशी ९ र थारु ४ जनाको नाम पठाइएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *