नेपाली कांग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसदको नाम
थानकोट ।
नेपाली कांग्रेसले समानुपातिकतर्फ २० सांसदको नामावली टुंगो लगाएको छ ।
आइतबार बसेको कार्यसम्पादन समिति बैठकले २० समानुपातिक सांसदको नामावली टुंगो लगाएको हो ।
नामावली आजै निर्वाचन आयोगमा बुझाउने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उनले आयोगले नै समानुपातिक सांसदको नामावली सार्वजनिक गर्ने बताए ।















