नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Thankot Times

थानकोट ।

 स्थानीय बजारमा सुनचाँदीको मूल्य सामान्य घटबढ भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार (चैत २) सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो । 

आजको मूल्य प्रतितोला तीन लाख नौ हजार ५ सय रुपैयाँ कायम छ ।

अघिल्लो दिन तीन लाख नौ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । 

हिजो प्रतितोला पाँच हजार २ सय ७० रुपैयाँमा किनबेच भएको चाँदी आजका लागि पाँच हजार २ सय ६५ रुपैयाँ तोकिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *