प्रतिनिधि सभामा विभिन्न चार दलका आठ जना धादिङे सांसद्, ४ जना रास्वपाबाट

Thankot Times

थानकोट ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट धादिङ जिल्लासँग सम्बन्धित आठ जना सांसद बनेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना, नेकपा (एमाले) बाट २ जना तथा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १–१ जना गरी धादिङका आठ जनाले प्रतिनिधि सभामा उपस्थिति जनाउने भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल काठमाडौं–९ बाट निर्वाचित भएका छन् । त्यस्तै, आशिका तामाङ धादिङ–१ बाट र बोधनारायण श्रेष्ठ धादिङ–२ बाट प्रत्यक्ष निर्वाचन जित्दै प्रतिनिधि सभा सदस्य बनेका हुन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सहकोषाध्यक्ष बसुमाया तामाङ समानुपातिकतर्फबाट सांसद बनेकी छन् ।

नेकपा (एमाले) बाट डा. पुष्प कडेल र गंगादेवी श्रेष्ठ पनि समानुपातिक प्रणालीबाट प्रतिनिधि सभा सदस्य बनेका छन् ।

सरस्वती राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ र उनकी श्रीमती सरस्वती लामा

नेपाली कांग्रेसबाट उर्मिला थपलिया समानुपातिकतर्फबाट सांसद बनेकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ सांसदका लागि धादिङकी सरस्वती लामालाई समेत निर्वाचन आयोगमा सिफारिस गरेको छ । उनी राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङकी पत्नी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *