आज मंगलबारको मौसम कस्तो रहला ?

Thankot Times

थानकोट ।

नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ । आज देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्ने माैसमविद्ले जानकारी दिएका छन् ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा  हिमाली भू-भाग र बाँकी हिमाली भू-भागका एकाध स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षासँगै हिमपातको सम्भावना छ ।

मौसम बदलीसँगै हिजो काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *