शिखर पावरको आईपीओ बाँडफाँट, २४ लाख ६६ हजार ५८७ जना आवेदकको हात रित्तो

Thankot Times

थानकोट ।

शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट भएको छ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो ।

यसअघि सर्वसाधारणका लागि शिखरको आईपीओमा फागुन १७ देखि २६ गतेसम्म आवेदन खुलाइएको थियो ।

आईपीओमा २६ लाख ८७ हजार ३४७ जनाले आवेदन दिएकोमा २६ लाख ५० हजार ८४७ स्वीकृत भएको थियो ।

गोलाप्रथाबाट १ लाख ८४ हजार २६० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ ।

स्वीकृत आवेदनमध्ये २४ लाख ६६ हजार ५८७ आवेदकको हात रित्तो भएको छ ।

आईपीओको नतिजा सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *