नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र चेतकुमार नियुक्त

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा बाल गोपाल साहुखल र चेतनकुमार घिमिरे नियुक्त भएका छन् ।

मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले यही चैत्र १२ गते हुने हङकङविरुद्धको मैत्रीपूर्ण खेलका निम्ति साहुखल र घिमिरेलाई राष्ट्रिय टोलीको सहायक प्रशिक्षक नियुक्त गरेको हो ।

योसँगै उनीहरूले मैत्रीपूर्ण फुटबलमा नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएर्माे एरिनाको टेक्निकल स्टाफका रूपमा रहनेछन् ।

एन्फा महासचिव किरण राईले उनीहरूलाई आजै नियुक्तिपत्र हस्तान्तरण गरेका छन् ।

एन्फाले उनीहरूसँगै टिम म्यानेजरमा मदनलाल श्रेष्ठ, राजीवकुमार यादवलाई सहायक टिम म्यानेजर र पंकज शाहीलाई पर्फमेन्स एनालिस्ट नियुक्त गरेको छ ।

यही चैत्र १२ मा नेपालले मार्च फिफा विन्डोअनुसार, हङकङ र नेपालबीच काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल हुँदै छ । मैत्रीपूर्ण फुटबलका निम्ति हाल ४९ खेलाडी बन्द प्रशिक्षणमा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *