अस्ट्रेलिया पठाइदिन्छु भनी १२ लाख ठगेको आरोपमा एकजना पक्राउ
थानकोट ।
प्रहरीले आकर्षक तलबमा वैदेशिक रोजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै प्रलोभनमा पारी १२ लाख ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
रोजगारीका लागि अस्ट्रेलिया पठाइदिने भन्दै झुक्यानमा राखी सम्पर्कविहीन भएको भनी पीडितले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए ।
भट्टका अनुसार पक्राउ पर्नेमा मिना घिमिरे रहेकी छन् ।
उनले अस्ट्रेलिया पठाइदिने भन्दै एकजना पीडितबाट १२ लाख लिएको प्रहरीले जानकारी दिएको छ ।
उनलाई चैत ३ गते पक्राउ गरिएको र थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको उपरीक्षक भट्टले जनाएका छन् ।















