समानुपातिक सांसदले भाेलि प्रमाणपत्र पाउने
थानकोट ।
निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदहरूलाई भोलि प्रमाणपत्र दिने भएको छ ।
बिहान ११ बजे आयोगको प्राङ्गण कान्तिपथमा एक समारोहका बीच समानुपातिक प्रणालीबाट निर्वाचित सांसदरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य चुनावमा समानुपातिकतर्फ ११० जना निर्वाचित भएका छन् ।
प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ जनाले यसअघि नै प्रमाणपत्र पाइसकेका छन् । सांसदहरूको शपथ भने चैत १२ गते गर्ने तयारी छ ।
चुनावबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दलका रूपमा आएका छन् ।
१८२ सिटसहित रास्वपा सबैभन्दा ठूलो दल भएको छ ।
कांग्रेस ३८ सिटसहित दोस्रो, २५ सिटसहित एमाले तेस्रो र १७ सिटसहित नेपाली कम्युनिस्ट पार्टी चौथो दलका रूपमा रहेको छ ।
यस पटकको चुनावबाट उदाएको श्रम संस्कृति पार्टी ७ सिटसहित पाचौँ र राप्रपा ५ सिटसहित छैटाैँ दलका रूपमा छ ।
एक जना स्वतन्त्र उम्मेदवार रहेका छन् ।















