सार्वजनिक सवारीसाधनको भाडा बढाउन सिफारिस

Thankot Times

थानकोट ।

यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गर्ने भएको छ।

पछिल्लो समय इन्धनको मूल्य बढेर आएपछि विभागले मन्त्रालयलाई भाडा समायोजनको लागि सिफारिस गर्ने निर्णय गरेको विभागका निर्देशक श्रीकान्त यादवले जानकारी दिए। यद्यपी कति भाडा समायोजन गर्न सिफारिस गर्ने निर्णय गरिएको भन्ने बारेमा भने उनले खुलाउन चाहेनन्।

‘सहमतीको लागि मन्त्रालयका पठाउने निर्णय भएको छ।,’ उनले भने, ‘मन्त्रालयले हामीले दिएको सुझाव कार्यान्वयन नगर्न पनि सक्छ।’

पेट्रोलियम पदार्थको मूल्य बढेपछि यातायात व्यवसायीले भाडादर समायोजन गर्न माग गर्दै आएका छन्।

नेपाल आयल निगमले गत सोमबारदेखि पेट्रोलमा १५ र डिजेल-मट्टीतेलमा १०-१० रुपैयाँ बढाएको छ। नयाँ मूल्य समायोजन अनुसार तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रति लिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ।

त्यसैगरी दोस्रो वर्गका क्षेत्रहरू सुर्खेत र दाङमा पेट्रोल १७१ रुपैयाँ र डिजेल १५१ रुपैयाँ कायम गरिएको छ भने पहिलो वर्गका तराईका जिल्लाहरूमा पेट्रोल १६९.५० रुपैयाँ र डिजेल १४९.५० रुपैयाँमा बिक्री भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ