राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर शाही, प्रमुख सचेतकमा खुश्बु ओली चयन

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) लाई चयन गरेको छ ।

राप्रपा प्रमुख सचेतकको जिम्मेवारी भने खुश्बु ओलीले पाएकी छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको संसदीय दलको बैठकले संसदीय दलको नेता र प्रमुख सचेतक चयन गरेको हो ।

प्रमुख सचेतक बनेकी ओलीले भनिन्, “संसदीय दलको नेताको जिम्मेवारी माननीय ज्ञानेन्द्र शाही र प्रमुख सचेतकको जिम्मेवारी मैले प्राप्त गरेकी छु ।”

शाही जुम्लाबाट निर्वाचित भएका हुन् । उनी राप्रपाबाट प्रत्यक्षतर्फ निर्वाचित भएका एक मात्र सांसद हुन् । ओली समानुपातिक प्रणालीबाट चुनिएकी हुन् ।

राप्रपाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष तर्फ १ सिटमा जित हासिल गरेको छ । समानुपातिकमा चारजना सांसद चुनिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ