‘साँझको राजकाज छलफल’
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले सरकार गठनको छलफलमा जुटेको जानकारी दिएका छन् ।
बिहीबार सामाजिक सञ्जालफ फेसबुकमा तस्वीर पोस्ट गर्दै वाग्लेले ‘राजकाज । आज साँझको छलफल’ भनेर उल्लेख गरेका छन् ।
तस्वीरमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापति डोलप्रसाद अर्याल र वाग्ले सहभागी भएका छन् ।
राजधानीकै एक होटलमा सरकार गठनको प्रक्रियाको विषयमा उनीहरूले छलफल गरेका हुन् ।















