नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट
थानकोट ।
नेपाली बजारमा आज शुक्रबार (चैत ६) अघिल्लो दिनको तुलनामा सुनको मूल्य घटेको छ ।
यस दिन सुनको मूल्य तोलामा ७ हजार ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार ५ सय रुपैयाँ कायम छ ।
हिजो बिहीबार (चैत ५) छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।
शुक्रबार चाँदीको मूल्य तोलामा १ सय १५ रुपैयाँले घटेको छ ।
यस दिन चाँदीको मूल्य तोलाको चार हजार ८ सय ९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
हिजो बिहीबार चाँदीको प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।















