चन्द्रागिरि नगरबाट आह्वान गरिएका करोडाैंको ठेक्का स्वीकृत (सूचीसहित)

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले चालु र्थिक वर्षभित्र सम्पादन हुने गरि आह्वान गरेका विभिन्न योजनाका ठेक्का स्वीकृत गरेको छ । 

गोरखापत्र दैनिकमा प्रकाशित विवरण अनुसार करिब २ करोड रुपैयाँ बराबरको योजनाको ठेक्का स्वीकृत भएको हो ।

स्वीकृत ठेक्काहरूमा नेपाल एपीएफको अस्पताल भवन निर्माण, कंकाली युवा क्लबको भवन निर्माण, वनदेवी खानेपानी आयोजनाको ट्यांकी निर्माण, नैकापस्थित फुटबल मैदानको सेर वाल निर्माण लगायत रहेका छन् ।

यी योजनाहरू बागमती प्रदेश सरकार एव् चन्द्रागिरि नगरपालिकाका स्वीकृत कार्यक्रम हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *