सभापति गगन थापाको राजीनामाबारे कांग्रेसले औपचारिक निर्णय आइतबारको बैठकले गर्ने
थानकोट ।
शुक्रबार सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा २५ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।
सो दलका प्रवक्ता देवराज चालिसेले भने, “आज (शुक्रबार) को बैठकमा २४, २५ जनाले आफ्नो धारणा राख्नुभएको थियो । सबैले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकार गर्ने बताउनुभयो । नैतिकताकै आधारमा अहिले नै राजीनामा दिइहाल्नुपर्ने स्थिति नरहेको उहाँहरूको भनाइ छ । निष्कर्ष सबैको त्यही हो । औपचारिक निर्णय अर्को बैठकले गर्नेछ ।”
शुक्रबार बसेको बैठकमा धारणा राख्ने सबैले नैतिकताका आधारमा आएको राजीनामा अस्वीकार गर्ने धारणा राखेका छन् ।
आइतबार बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको चालिसेको भनाइ छ ।















