चन्द्रागिरिबासीले पहिलो भेटमै र्‍याखर्‍याख्ती पारेपछि सांसद् प्रदिप विष्टले छोरा साक्षी राखे (भिडियो)

Thankot Times

थानकोट ।

गत फागुत २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडाैं क्षेत्र नं. १० बाट विजयी भएका रास्वपाका काठमाडाैं जिल्ला सभापति समेत रहेका प्रदिप विष्टले चन्द्रागिरि नगरपालिकामा आयोजित पहिलो धन्यवाद् सभामै कडा प्रश्नको सामना गर्न परेको छ ।

शनिबार (चैत्र ७) रास्वपा चन्द्रागिरि वडा नं. ६ र ७ को संयुक्त तत्ववधानमा चेकपोष्टस्थित भलिबल ग्राउण्डमा संयोजित कार्यक्रममा स्थानीयले सांसद् विष्टसामु विभिन्न प्रश्न गरेका थिए ।

सो क्रममा सहभागीहरूले गाैरी बहादुर कार्कीको नेतृत्वमा गठीत जेन-जी आन्दोलन घटना जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुने कि नहुने, रास्वपामा नातावाद कृपावाद र परिवादले प्रश्रय पाउने कि नपाउने, विगतमा विभिन्न विषयसँग गठीत  जाँचबुझ आयोगले बुझाएका प्रतिवेदन कार्यान्वयन हुने कि नहुने जस्ता प्रश्न गरेका थिए । यस्तै, सहभागीहरूले जेन-जी आन्दोलनमा सहभागी भएको आरोपमा पक्राउ परेका, मुद्दा चलाइएको विषयमा समेत सांसद् विष्टको धारणा माग गरेका थिए । मतदाताको प्रश्नको पत्युत्तरमा सांसद् विष्टले कानुन सम्वत् ढंगले हरेक जाँचबुझ आयोगले पेश गरेका प्रतिवदेन अक्षरस पालना हुने बताए ।

यस्तै, उनले आफ्नोतर्फबाट कुनैपनि विषयमा नातावाद, कृपावादको गन्ध कतै आएको अवस्थामा आफुले राजनीति छोड्ने घोषणा गरे । उनले आफ्ना छोरा साक्षी राख्दै सो घोषणा गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *