कीर्तिपुरमा मोटरसाइकल दुर्घटना, २७ वर्षीय मोटरसाइकल चालकको मृत्यु
थानकोट ।
काठमाडौंको कीर्तिपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शुक्रबार (चैत ६) बेलुका कीर्तिपुर नगरपालिका–१० स्थित सडकमा बा ९९प ३०९६ र बा ५३प ४४१४ नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी बा ९९प ३०९६ नम्बरका मोटरसाइकल चालक कीर्तिपुर–८, पांगामा बस्दै आएका स्याङ्जाका २७ वर्षीय प्रकाश अवस्थीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनामा घाइते भएका बा५३प ४४१४ नम्बरका मोटरसाइकल चालकको उपचार सोही अस्पतालमा भइरहेको छ ।
बा ९९प ३०९६ नम्बरको मोटरसाइकलमा सवार एकजनाको उपचार पाटन अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।















