कस्तो रहला आज आइतबार दिनभरको माैसम ? यस्तो छ विभागको पूर्वानुमान

Thankot Times

थानकोट ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।

साथै कोशी, मधेश र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल तथा बाँकी तराई भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपात भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भू–भागका केही स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *