७ वर्षअघि जबरजस्ती करणी मुद्दामा फरार अभियुक्त चेकपोष्टबाट समातिए

Thankot Times

थानकोट ।

जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी चन्द्रागिरि नगरपालिकाबाट पक्राउ परेका छन् ।
काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार चन्द्रागिरि नगरपालिका वडा नं. ५ चेकपोष्ट आकाशटोलबाट आइतबार प्रहरीले ती अभियुक्तलाई पक्राउ गरेको हो ।

२०७५ जेठ २४ मा जिल्ला अदालत काठमाडाैंले ५ वर्ष ११ महिना १० कैद सजाय फैसला २५ वर्षीय युवा समातिएका हुन् ।

उनलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेसँगै उनलाई  अदालतको फैसला कार्यान्वयका लागि जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी उपरीक्षक भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अदालतको फैसला अनुसार उनले ५ वर्ष ११ महिना १० दिन कैद सजाय भुक्तान गर्न बाँकी छ। सजाय सुनाइए लगत्तै फरार भएका उनी लुकिछिपी काठमाडौँमै बस्दै आएको सूचनाका आधारमा प्रहरीले खोजी कार्य तीव्र पारेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *