यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन गर्न चन्द्रागिरिमा ५ परीक्षा केन्द्र (सूचीसहित)

Thankot Times

थानकोट ।

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत्र १९ गते बिहीबारदेखि सुरु हुँदैछ ।

पहिलो दिन अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ ।

परीक्षाका लागि चन्द्रागिरि नगर क्षेत्रमा पाँच वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय इकाइ काठमाडाैंले जनाएको छ ।

आइतबार (चैत्र ८) इकाइले सो विवरण सार्वजनिक गरेको हो ।

चन्द्रागिरिबाट २३६२ विद्यार्थी एसईईमा सहभागी हुने, ब्राइट फ्यूचरका सबैभन्दा धेरै १४७ जना

सार्वजनिक विवरण अनुसार चन्द्रागिरि नगरका विभिन्न ६६ विद्यालयका २३६२ जना विद्यार्थी यस परीक्षामा सहभागी हुनेछन् । जसमध्ये ६८ जना प्राविधिक धारका विद्यार्थी छन् ।

परीक्षाका लागि चन्द्रागिरि नगरका विद्यामन्दिर मावि नैकाप (१४ विद्यालय, ३०७ परीक्षार्थी), विष्णुदेवी शिक्षा सदन मावि सतुङ्गल(१२ विद्यालय, ४४१ परीक्षार्थी), रिब्स मावि महादेवस्थान (७ विद्यालय, ३६१ परीक्षार्थी), प्रभात मावि चेकपोष्ट(१२ विद्यालय, ४१० परीक्षार्थी), मंगलोदय मावि थानकोट (९विद्यालय, ३९६ परीक्षार्थी) परीक्षा केन्द्र तोकिएको इकाइ प्रमुख उपसचिव डा. समन्तिमणि आचार्यले थानकोट टाइम्सलाई जानकारी दिए ।

चन्द्रागिरि नगर क्षेत्रमा भएका विद्यालयको परीक्षा केन्द्र कहाँ पर्यो ? सूची हेर्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *