नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार गिरावट
थानकोट ।
नेपाली स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (चैत ९) सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको हो ।
अघिल्लो कारोबार दिन हिजो आइतबार सुनको भाउ १२ हजार ५ सय रुपैयाँले घटेको थियो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ७५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १ सय १५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४ सय २५ रुपैयाँ कायम भएको छ ।
हिजो चाँदी प्रतितोला चार हजार ५ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।















