तीनथानास्थित मेरिहोम मन्टेश्वरी स्कुल तथा ट्रेनिङ सेन्टरको १३ औं अभिभावक दिवस सम्पन्न

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित मेरिहोम मन्टेश्वरी स्कुल तथा ट्रेनिङ सेन्टरले एक समारोहका बीच गत शनिबार (चैत्र ७) १३ औं अभिभावक दिवस मनाएको छ ।

सो वडाका वडाध्यक्ष एवं चन्द्रागिरि नगर सामाजिक विकास समिति संयोजक घनश्याम लुइँटेलसमेतको उपस्थितिमा संयोजित उक्त कार्यक्रममा विद्यालयका बालबालिकाहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत दिएका थिए ।

यस्तै विभिन्न नृत्य, गीत, वाद्यवादन मादल, पियानोमार्फत विद्यार्थीहरूले सांगीतिक प्रस्तुती दिएका थिए भने कराँते, अभिनय एवं संक्षिप्त वक्तृत्वकला समेत प्रस्तुत भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समुहका सदस्यहरू, शिक्षक, स्थानीय जनप्रतिनिधिहरू, चन्द्रागिरि नगरका शिक्षा शाखाका कर्मचारीहरू, स्थानीय बुद्धिजीवीहरू तथा अभिभावकहरूको समेत सहभागिता रहेको विद्यालयकी प्रधानाध्यापक सरिता देवकोटा खनालले जानकारी दिइन् ।

विद्यालयमा हाल पूर्व प्राथमिक तहदेखि कक्षा तीनसम्म २२५ जना विद्यार्थीहरू अध्ययनरत रहेको विद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *