२४ जना प्रहरी कर्मचारी गैर हाजिर भएपछि गोरखापत्रमा सूचना

Thankot Times

थानकोट ।

प्रहरी प्रधान कार्यालयले आफूखुसी गैर हाजिर रहेका २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

कार्यालयले मंगलबार सूचना जारी गर्दै आफूखुसी गैर हाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो ।

आफूखुसी गैर हाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।

सूचना प्रकाशित भएको सात दिनभित्र आफू गैर हाजिर  रहनुको कारणसहित उपस्थित हुन भनेको छ । उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ।

हेर्नुस् सूचना :


Leave a Reply

Your email address will not be published. Required fields are marked *