यस्ताे छ कांग्रेसको १५औँ महाधिवेशनको प्रस्तावित तालिका

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रस्तावित तालिका सार्वजनिक भएकाे छ ।

कांग्रेसको १५औँ महाधिवेशन आगामी २४ देखि २६ भदौमा काठमाडौंमा गर्ने प्रस्ताव गरिएको छ । सो प्रस्ताव मंगलबार केन्द्रीय समिति बैठकमा पेस गरिएकाे हाे ।

प्रस्तावित कार्यतालिका अनुसार आगामी २१ चैतदेखि मसान्तसम्ममा क्रियाशील सदस्यता फारम सबै तहमा पुर्‍याउने र सदस्यता वितरण तथा अद्यावधिक कार्यमा समन्वय गर्न १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाउने विषय उल्लेख गरिएको छ ।

त्यस्तै, आगामी १ वैशाखबाट मसान्तसम्म सबै वडामा क्रियाशील सदसयता वितरण तथा रिन्यु गर्ने प्रस्ताव छ ।

सदस्यता वितरणलाई डिजिटल प्रणालीमा लैजाने प्रस्ताव पनि कांग्रेसको छ । सदस्यले सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्ने, सबै वडा र क्षेत्रीय कार्यसमितिलाई आईडी र पासवर्ड वितरण गर्ने प्रस्ताव बैठकमा पेस गरिँदै छ ।

त्यस्तै, वैशाख महिनाभर सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *