चैत्र १६ गते सोमबार मनकामना केबलकार सेवा स्थगित हुने

Thankot Times

थानकोट ।

नेपालकै पहिलो केबलकार सेवा मनकामना केबलकार सेवा यही चैत्र १६ गते सोमबार एक दिनका लागि स्थगित हुने भएको छ ।

केबलकारको टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।

नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने सेवा चैत्र १७ गते मंगलबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामना माइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटारबाट १० मिनेटमा पुग्ने गरि विसं २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *