एक खर्ब २३ अर्ब ६७ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात
थानकोट ।
चालु आर्थिक वर्षको प्रथम सात महिनामाएक खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा इन्धन आयात बढेको छ ।
पेट्रोलियम पदार्थको आयातबाट ५२ अर्ब १५ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
त्यसैगरी, ६३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात भएको छ ।
सोही अवधिमा २५ अर्ब ३० करोड रुपैयाँ बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ ।















