रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई संसदीय दलको नेता बनाउने कार्यसूची

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

बैठक आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार बैठक संसदीय दलको नेता सम्बन्धमा बस्न लागेको हो ।

रास्वपा पार्टीका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने घोषणासहित चुनावमा होमिएको थियो ।

सोही घोषणाअनुसार बालेनलाई संसदीय दलको नेता चयन गर्न लागिएको छ । तर, त्यसका लागि विधान संशोधन गर्न आवश्यक रहेको रास्वपा नेताहरूले जनाएका छन् । विधान संशोधनपछि रास्वपाले आजै बालेनलाई संसदीय दलको नेता बनाउनेछ ।

बालेनले भोलि (शुक्रबार) प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ