चन्द्रागिरि नगरपालिकाद्वारा करोडाैंको बोलपत्र आह्वान, बोलपत्र आह्वानमा ‘नयाँ प्रयोग’
थानकोट ।
चन्द्रागिरि नगरपालिकाद्वारा करोडाैंको बोलपत्र आह्वान भएको छ ।
आज (बिहीबार) गोरखापत्र दैनिकमा एक सूचना जारी गर्दै नगरले विभिन्न निर्माण कार्य तथा सामाग्री सप्लाई शीर्षकमा विद्युतीय बोलपत्र आह्वान गरेको हो ।
यसवर्षको २४औं बोलपत्रका रूपमा चन्द्रागिरि नगरपालिकाले मच्छेगाउँस्थित चुनदेवी मन्दिर क्षेत्रको सडक स्तरोन्नति समावेश गरेको छ ।
जसका लागि भ्याटसहित ६७ लाख ८० हजार ७७३ रुपैयाँ पैसा ६३ को बजेट विनियोजन भएको छ ।
यस्तै चन्द्रागिरि नगरपालिका ३ थानकोटस्थित इन्द्र विनायक भजन मण्डलीको भवन मर्मतका लागि ६१ लाख ९९ हजार ६६० रुपैयाँको ठेक्का खुलेको छ । यस्तै, मेडीकल सप्लाइ तर्फ थानकोट अस्पतालका लागि ९९ लाख ५५ हजार २४१ रुपैयाँको ठेक्का खुलेको छ ।
यसैगरी नगरपालिका कार्यालयका लागि विभिन्न मेडीकलसँग सम्बन्धित सामाग्रीका लागि ३२ लाख ७८ हजार ०७३ रुपैयाँको ठेक्का खुलेको छ ।
यसैबीच चन्द्रागिरि नगरपालिकाले पहिलोपटक प्राविधिक कर्मचारीको दस्तखतमा सार्वजनिक ठेक्काको सूचना जारी गरेको छ ।
सिनियर डिभिजनल इन्जिनियरले बिहीबार प्रकाशित सूचना जारी गरेका हुन् ।
सन्तोषकुमार अधिकारी हाल चन्द्रागिरि नगरको प्राविधिक फाँट प्रमुख छन्, जसले पछिल्लो समय निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका छन् ।
सूचना हेराैं
















