सुनको भाउमा गिरावट

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार (चैत १२) सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार, आजको मूल्य प्रतितोला दुई लाख ८५ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन दुई लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि घटेको छ । यस दिन तोलमा १ सयरुपैयाँले घटेर चार हजार ८ सय २० कायम भएको छ ।

अघिल्लो दिन चार हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *