रविको प्रस्तावमा बालेन रास्वपाका संसदीय दलको नेतामा सर्वसम्मत
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेतामा बालेन शाहलाई सर्वसम्मत निर्वाचित गरेको छ।
पार्टी मुख्यालय बनस्थलीमा भएको बैठकमा सभापति समेत रहेका सांसद रवि लामिछानेको प्रस्तावमा संसदीय दलले बालेनलाई नेता निर्वाचित गरेको हो।
रास्वपाको विधानअनुसार संसदीय दलको नेता नै प्रधानमन्त्री हुनेछ। यसकारण बालेनलाई प्रधानमन्त्री नियुक्त गर्न शितल निवासमा रास्वपाले आधिकारिक रुपमा नाम पठाउनेछ।
शुक्रबार शितल निवासले बालेनलाई प्रधानमन्त्री नियुक्त गरी १२ः३४ मा शपथ गराउने तयारी पनि भैसकेको छ।















