जाँचबुझ आयोगमा डीएसपी एलिजा गिरीको बयान- प्रहरीको मनोबलमा गम्भीर असर परेको छ
थानकोट ।
गत भदाै २३ र २४ गते नेपालमा भएको जेन-जी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरिएको छ ।
यद्यपी सरकारले आधिकारिक रुपमा यो प्रतिवेदन सार्वजनिक गरेको छैन्।
९०७ पृष्ठको सो प्रतिवेदनमा जेन-जी आन्दोलनका सन्दर्भमा विभिन्न व्यक्तिहरूसँग बयान लिइएको विषय समेत समावेश भएको छ । जसअनुसार प्रहरी वृत्त थानकोट प्रमुख डीएसपी एलिजा गिरीको बयान समेत सामेल छ । यस्तै, प्रहरी प्रभाग बलम्बु प्रमुख प्रहरी निरीक्षक लक्ष्मी खड्कासँग पनि आयोगले बयान लिएको छ ।
यसैगरी वृत्त थानकोटमा कार्यरत अन्य २ जना प्रहरी कर्मचारीहरूसँग पनि आयोगले बयान लिएको विषयले प्रतिवेदनमा ठाउँ पाएको छ।
गत भदाै २४ भएको प्रदर्शनका क्रममा प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बु, प्रहरी प्रभाग नागढुङ्गामा समेत व्यापक क्षति पुगेको थियो ।
प्रतिवेदन उल्लेख भएअनुसार प्रहरी वृत्त थानकोट प्रमुख प्रहरी नायब उपरीक्षक गिरीले भदाै २३ र २४ गते भएको घटना क्रमका बारेमा बयान दिएकी छन् ।
उनले दिएको बयान कागजको व्यहोरा यसप्रकार छः
















