ढुङ्गाअड्डामा भयानक सडक दुर्घटना, मानवीय क्षतिको अनुमान, सुरक्षाकर्मी घटनास्थलमा
थानकोट ।
कलंकी-नागढुङ्गा सडक खण्डअन्तर्गत चन्द्रागिरि नगरपालिका-१५ ढुङ्गाअड्डा क्षेत्रमा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा मानवीय क्षति भएको अनुमान गरिएको छ ।
प्राप्त विवरण अनुसार एउटा ट्रकले मोटरसाइकललाई ठक्कर दिएपछि सो दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परेका मोटरसाइकल चालकलाई प्रहरीले अस्पताल पुर्याएको छ, अहिले घटनास्थलमा सुरक्षाकर्मी खटिएका छन् ।
प्रत्यक्षदर्शीले त्यहाँ भएको दुर्घटनास्थलको प्रकृति हेर्दा मोटरसाइकल चालकको अवस्था असामान्य रहेको प्रतिक्रिया दिएका छन् ।
दुर्घटनामा परेका सवारी तथा चालकको विवरण प्राप्त हुन बाँकी रहेको छ ।
घटनास्थलमा प्रहरी वृत्त थानकोट प्रमुख डीएसपी एलिजा गिरी, प्रहरी प्रभाग नैकाप तथा प्रहरी प्रभाग बलम्बुका प्रहरीहरू खटिएका छन् ।















