पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

थानकोट । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाटै शनिबार बिहान नियन्त्रणमा लिएको हो । उनीलाई नियन्त्रणमा लिन शुक्रबार रातिदेखि नै प्रहरी टोली गुण्डुस्थित निवासमा पुगेको थियो ।