थानकोट क्षेत्रमा बिहानैदेखि वर्षा जारी, कस्तो रहला दिनभरको माैसम ?

Thankot Times

थानकोट ।

थानकोट क्षेत्रमा शनिबार बिहानैदेखी वर्षा भइरहेको छ ।

जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानमा आज शनिबार वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ । बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी हिमाली र पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति कोसी, वाग्मती, गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।

कोसी र गण्डकी  प्रदेशका पहाडी र हिमाली भू-भाग तथा वाग्मती प्रदेशको हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ