भौतिक मन्त्री सुनिल लम्सालले पहिलो दिन गराएका १० निर्णय
थानकोट ।
भौतिक पूर्वाधार, यातायात र सहरी विकास मन्त्री सुनिल लम्सालले मन्त्रालयमा पहिलो दिन १० निर्णय गरेका छन्।
मन्त्रालय मातहतका कर्मचारीसमेतलाई निर्देशन दिँदै उनले विभिन्न निर्णय गरेका हुन्।
निर्णयहरू
१.म्याद थप हुने गरी कुनै पनि योजना अगाडि नबढाउने। म्याद थप हुन नदिने गरी काम गर्ने
२.समयमा सम्पन्न नभएका सबै ठेक्कालाई रूग्ण योजना मानेर अध्ययन गर्ने।
३.ठेक्का ढिलाइका कारणहरू पहिचान गरी अवरोध तत्काल हटाउने।
४.ठेकेदार र इन्जिनियरबीच हुने साँठगाँठ तथा आर्थिक चलखेल पूर्ण रूपमा रोक्ने।
५.भ्रष्टाचारजन्य गतिविधि दोहोरिन नदिने गरी कडा निगरानी गर्ने।
६.भौतिक पूर्वाधारका सबै योजनामा नियमित अनुगमन र प्रगति मूल्यांकन गर्ने।
७.लाइसेन्स छपाइ प्रणालीलाई व्यवस्थित गर्दै बक्यौता समस्या समाधान गर्ने।
८.अस्थायी व्यवस्थामा चिप बिनाको कार्ड तुरुन्त उपलब्ध गराउने व्यवस्था गर्ने।
९.पानीजहाज कार्यालय र रेल विभागको कार्यप्रणाली तथा उपादेयताबारे समीक्षा गर्ने।
१०.पूर्व-पश्चिम रेल परियोजनालाई प्राथमिकतामा राखी कार्यान्वयन गर्ने।















