ओली र लेखकलाई आज अदालत उपस्थित गराइने

Thankot Times

थानकोट ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज उपस्थित गराइने भएको छ ।

उनीहरूलाई हिजो बिहान प्रहरीले पक्राउ गरेको थियो ।

हिजो शनिबार भएका कारण उनीहरूलाई अदालत लगिएको थिएन । आज भने कार्यालय समयमा काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो ।

जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्‌को निर्णयअनुसार प्रहरीले शनिबार बिहान ओलीलाई भक्तपुरको गुण्डुस्थित निवास र लेखकलाई भक्तपुरकै कटुन्जेबाट पक्राउ गरेको थियो ।

गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगले गत २३ र २४ भदौको घटनामा दोषी किटान गरी १० वर्षसम्म जेल सजाय तोक्न सिफारिस गरेको छ ।

२३ भदौको घटनामा तत्कालीन सरकार प्रमुखको रूपमा ओली र गृहमन्त्रीको रूपमा रहेका लेखकलको हेलचेक्य्राइँ गरेका विद्यार्थीको ज्यान गएको आयोगको ठहर छ ।

पक्राउपछि ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ भने लेखकलाई महाराजगञ्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ