उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सार्वजनिक गरे चुनावी खर्च

Thankot Times

थानकोट ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार कुलमान घिसिङले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन् ।

उनले निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा पेस गरेको विवरणअनुसार निर्वाचन अवधिभर कुल १४ लाख १० हजार ८० रुपैयाँ खर्च गरेका छन् ।

सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी खर्च प्रचार–प्रसार सामग्री छपाइमा भएको छ । नमुना मतपत्र, ब्यानर, पर्चा र प्रतिबद्धता पत्र छपाइका लागि तीन लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख छ ।

यस्तै, सवारीसाधन भाडा तीन लाख २० हजार, ब्याच, टोपी र झन्डा छपाइमा तीन लाख १० हजार, घरदैलो गर्दा खाना खर्चमा दुई लाख ७० हजार ८१ र कार्यालय कोठा भाडा तथा सञ्चालन खर्चमा एक लाख २० हजार रुपैयाँ खर्च भएको छ ।

निर्वाचन आयोगले तोकेको सीमाभित्रै रहेर उमेदवार घिसिङले आफ्नो पारदर्शी खर्च विवरण पेस गरेको जनाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ