बैशाखदेखि ब्रिजकोर्षका सबै कार्यक्रम बन्द गरिने
थानकोट ।
सरकारले विद्यालय तथा उच्च शिक्षाका लागि भर्ना प्रयोजनका सञ्चालन हुँदै आएको प्रवेश परीक्षा तयारी कक्षा बन्द गर्ने भएको छ । यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञानमा असर पर्ने भन्दे सरकारले कार्यक्रम बन्द गर्न निर्देशन दिएको छ ।
”२०८३ साल वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्न यस मन्त्रालयको माननीय मन्त्रीस्तरबाट निर्देशन गरिएको छ,” शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । सरकारको निर्देशन अवज्ञा गर्दै कक्षा सञ्चालन भएमा कानुन अनुसार कारबाही गर्ने बताइएको छ ।
















