श्रम स्वीकृति अब एक दिनमै

Thankot Times

थानकोट ।

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि एक दिनमै श्रम स्वीकृति दिने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टोकन प्रणाली हटाउँदै एक दिनमै श्रम स्वीकृतिको प्रबन्ध गरेको हो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण पनि डिजिटल माध्यबाट प्रदान गरिने भएको छ । ”श्रमिकहरूको अभिमुखीकरण अब पूर्णरुपमा अनलाइनबाट गरिने छ,” निर्णयमा भनिएको छ ।

मन्त्रालयले श्रमिकको न्यूनतम ज्यालाको कार्यान्वयन पनि गर्ने भएको छ ।

यस्तै, औद्योगिक क्षेत्रहरूमा जोखिम मूल्याङ्कन गरी श्रमिकको स्वास्थ्य तथा सुरक्षाको प्रवर्द्धन पनि गर्ने मन्त्रालयले जनाएको छ ।

यस्तै सरकारले थप पाँच मुलुकसँग श्रम सम्झौता विस्तार गर्ने निर्णय लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ