लुम्बिनी प्रदेश सभा सदस्य शर्मा पक्राउ
थानकोट ।
लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ ।
धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए ।
उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ ।















