नेपालमा ‘बेटिङ साइट’ बन्द

Thankot Times

थानकोट ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘अनलाइन’ सट्टेबाजी एप (बेटिङ एप) र त्यससम्बन्धी ‘वेबसाइट’ बन्द गराएको छ । 

मन्त्रालयले बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेपछि प्राधिकरणले इन्टरनेट सेवाप्रदायकसँगको समन्वयमा हाल पहिचान भएका सबै सट्टेबाजी एप र वेबसाइट बन्द गराएको हो ।

सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले हिजो मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरूसँगको बैठकमा बेटिङ एप र त्यससम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिएलगत्तै प्राधिकरणले बेटिङ बन्द गर्ने प्रक्रिया शुरू गरेको थियो ।

मन्त्रीको निर्देशनलगत्तै मन्त्रालयले बेटिङ बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेपछि इन्टरनेट सेवाप्रदायकसँगको समन्वयमा बेटिङ एप र वेबसाइट बन्द गरिएको हो । 

मन्त्रिपरिषद्को गएको शुक्रबार बसेको बैठकले अवैध रूपमा सञ्चालित अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो ।

कानुनी व्यवस्था विपरीत हुनेगरी देशभर सट्टेबाजी एप र त्यससम्बन्धी वेबसाइट सञ्चालन तथा प्रयोग नगर्न/नगराउन मन्त्रालयले अनुरोध गरेको छ । 

साथै, कसैले अनधिकृत रुपमा सट्टेबासी एप र वेबसाइट प्रयोग गरेमा वा सञ्चालन गरेमा प्रचलित कानुनबमोजिम साधिकार निकायबाट कडा कारबाही हुने मन्त्रालयले जनाएको छ ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ